काठमाण्डाै – राष्ट्रिय लिग फुटबलमा सातदोबाटो युथ क्लब र सङ्कटा एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । बराबरीपछि दुवै टोलीले १–१ अङ्क जोडेका छन् । यस्तै आज भएको दोस्रो खेलमा लालीगुराँस एसोसिएशन क्लबले जावलाखेल युथ क्लबलाई १–० गोलले हराएको छ । लालीगुराँसका राज भुसालले गोल गरे । जीतपछि लालीगुराँसले ३ अङ्क जोडेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हिजोदेखि शुरू भएको राष्ट्रिय ल...