ट्रम्पले कब्जा गर्ने धम्की नछाडेपछि युरोपेली सेना ग्रीनल्यान्डतिर प्रस्थान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड कब्जा गर्ने धम्की नछाडेपछि डेनमार्क र उसका सहयोगीहरूले अभ्यासको तयारी गरिरहेका बेला फ्रान्स र जर्मनीका सैन्य कर्मचारीहरू ग्रीनल्यान्ड पुग्न थालेका छन् । वाशिङ्गटनमा अमेरिका, डेनमार्क र ग्रीनल्यान्डका अधिकारीहरूबीच भएको उच्चस्तरीय बैठकले समस्या समाधान गर्न नसकेको केही समयपछि सैन्य तैनाथी शुरू भएको समाचार संस्था रोयटर्सले जनाएको छ । ट्रम्पले रणनीतिक रूपमा रहेको र खनिजले भरिपूर्ण ग्रीनल्यान्ड अमेरिकी सुरक्षाका लागि महत्त्वपूर्ण रहेको र रुस वा चीनले कब्जा गर्नबाट रोक्नका लागि अमेरिकाले यसक...