सुर्खेत – पाटेबाघको आक्रमणमा परि एक हप्ताभित्र सुर्खेत र सल्यानका गरि तीन जनाको ज्यान गएको छ । गएको पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका वडा नम्बर ५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारु, पुस २६ गते त्यही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर ७ की धनसरी रावत र पुस २९ गते कालीमाटी–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडीलाई पाटेबाघले आक्रमण गरेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो । सल्यानको कालीमाटी र सुर्खेतको भेरी...