अब उत्पादक र उद्योगले सीधै बिजुली किनबेच गर्न पाउने

काठमाण्डाै – विद्युत् नियमन आयोगले प्रसारण तथा वितरण प्रणालीमा निजी क्षेत्र र ठूला उपभोक्तालाई सीधै पहुँच दिने कानूनी ढोका खुला गरेको छ । आयोगले ‘विद्युत् प्रसारण तथा वितरणमा खुला पहुँचसम्बन्धी निर्देशिका २०८२’ जारी गर्दै सीधा पहुँचको ढोका खुला गरेको हो । निर्देशिकामा नेपाल विद्युत् प्राधिकरणको नेटवर्क प्रयोग गरि उत्पादक, उद्योग र व्यापारीले भेदभावरहित रूपमा बिजुली किनबेच गर्न पाउने व्यवस्था छ । यसलाई ऊर्जा बजार उदारीकरणतर्फको ऐतिहासिक कदमका रूपमा लिइएको छ । निर्देशिका विद्युत् नियमन आयोग ऐ...