एक जना अन्तरिक्षयात्री बिरामी परेपछि नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट फिर्ता गरेको चार सदस्यीय टोली पृथ्वी आइपुगेको छ । नासाका अनुसार क्रु–११ नामक टोली स्थानीय समयानुसार बिहीवार बिहान साढे १ बजे क्यालिफोर्निया नजिकै प्रशान्त महासागरमा ओर्लिएको हो । ड्र्यागन एन्डेभर अन्तरिक्षयानमा चढेर पृथ्वी फर्किन उनीहरूलाई ११ घण्टा लाग्यो । बिरामी परेका अन्तरिक्षयात्रीसहित सबै जना सकुशल रहेका नासाले जनाएको छ । नासाका अनुसार उनीहरूलाई सान डिएगोमा रहेको अस्पतालमा चिकित्सकीय परीक्षण र निगरानीमा राखिने छ । टो...