एकैदिन ७ हजार यात्रीलाई जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सात हजार ९८७ पैदलयात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाएको छ ।   दुर्घटना न्यूनीकरण विशेष अभियानअन्तर्गत प्रहरीले बिहीबार थप स्कूल कलेजका ६६ जना विद्यार्थीलाई सचेतना, एक हजार ५१२ जनालाई रात्रिकालीन विशेष सचेतना, पाँच हजार ३१५ जना दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनका चालकलाई सचेतना कार्यक्रम, दुई हजार ७४७ जना चालक तथा यात्रुलाई सुरक्षित यात्राको कामना, तीन हजार ६१४ जनालाई यात्रुसँग सचेतनामूलक कार्यक्रम गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्...