कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण, सम्वद्र्धन तथा उपयोगका लागि सरकारले आवश्यक कानुनलाई प्रभावकारी बनाउने बताएका छन् । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै मन्त्री डा परियारले आधुनिक कृषि प्रणालीसँगै कृषि जैविक विविधताको संरक्षण, उपयोग दिगो उत्पादन, वातावरणीय सन्तुलन तथा जलवायु जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण रहेको बताएका छन् । जैविक विविधतासम्बन्धी महासन्धिको पक्षराष्ट्र रहेको नेपालले दिगो विकास लक्ष्यलाई आत्मसात् गरी आवधिक योजना तर्जुमा गरेको...