राष्ट्रसङ्घले सुडानमा आउँदो मार्च अर्थात् अबको तीन महिनापछि सहायताका लागि भण्डारण गरिएको खाद्यान्न समाप्त हुने चेतावनी दिएको छ । यसले विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कटमा फसेका लाखौँ व्यक्तिका लागि चिन्ता बढाएको छ । सुडानमा तीन वर्ष लामो गृहयुद्धपछि यो चेतावनी आएको एएफपीले जनाएको छ । त्यहाँ सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीचको लडाइँमा दसौँ हजारले ज्यान गुमाएका छन् । एक करोड १० लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । ‘मार्चको अन्त्यसम्ममा सुडानमा हाम्रो खाद्य भण्डार अत्यन्त कम भइसक्नेछ’, विश्व खाद्य कार्य...