म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दीका एक किसानले एक सय २० मुरी धान फलाएका छन् । मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष एक सय २० मुरी धान फलाएका हुन् ।  खत्री जिल्लामा सबैभन्दा धेरै धान फलाउने किसान भएको दाबी गरिएको छ । खत्रीको दुईतले घरमा राखिएका भकारी धानले भरिएका छन् । 'एक सय रोपनी खेतमा एक सय ५० मुरी धान फलाउने लक्ष्य थियो,' उनले भने, 'गत वर्षको तुलनामा २० मुरी बढी धान उत्पादन भए पनि मौसमले साथ नदिँदा लक्ष्यभन्दा कम भयो ।' सिमकाजी ब्रर्दश भेन्चर प्रालिमार्फत रैथाने गौरीया, जेठोबुढो धान, मकै र गहु...