बेलायतकै मोडलमा अब नेपालका नर्स र मिडवाइफलाई पनि सिपिडी अनिवार्य

नर्स र मिडवाइफका लागि निरन्तर तालिम अनिवार्य हुने व्यवस्था नेपालमा लागू भएको छ। नर्सिङ र मिडवाइफरी पेशाको गुणस्तर सुधार र बिरामी सुरक्षालाई केन्द्रमा राख्दै नेपाल नर्सिङ परिषद्ले लाइसेन्स नवीकरण र पुनः दर्ताका लागि निरन्तर व्यावसायिक विकास (सिपिडी) अनिवार्य गरेको हो।