काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा आज मछिन्द्र क्लब र न्युरोड टिम खेल्दैछन् । खेल बेलुकी ७ बजे दशरत रंगशालामा हुनेछ । यसअघि हिजो सातदोबाटो र सङ्कटाले बराबरी खेल्दा, लालीगुराँसले जावलाखेललाई हरायो । जीतपछि लालीगुराँसले ३ अङ्क जोडेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हिजोदेखि शुरू भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरी १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् । राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्ग...