काठमाण्डौ – अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान तराई क्षेत्रमा हुस्सु, कुहिरो लागेको छ । हुस्सु कुहिरो लागेको ठाउँमा दिउँसोपछि घाम लाग्ने महाशाखाले जनाएको छ । हिजोको तुलनामा काठमाण्डौको तापक्रम थोरै बढेको छ । आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस थियो । आज काठमाण्डौको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ...