भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोले ह्वाइट हाउसमा भएको भेटका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारसँगै प्रदान गरिने स्वर्ण पदक हस्तान्तरण गरेकी छन्। भेनेजुएलाको राजनीतिक भविष्यमा ट्रम्पको प्रभाव पार्ने प्रयासस्वरूप माचाडोले उक्त पदक ट्रम्पलाई दिएकी हुन्। ह्वाइट हाउसका एक अधिकारीले ट्रम्पले उक्त पदक आफ्नै साथमा राख्न चाहेको पुष्टि गरेको रोयटर्सले जनाएको छ । सञ्जालमार्फत् ट्रम्पले पदक स्वीकार गरेको सार्वजनिक गर्दै लेखेका छन्, 'मारियाले मैले गरेको कामको कदरस्वरूप मलाई उनको नोबेल शान्ति पुरस्कार ...