नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुलीमा सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ देवचुली नगरपालिका–१४ देवचुली चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट गम्भीर घाइते स्थानीय ४२ वर्षीया जया आर्यालको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार कावासोतीबाट दलदलेतर्फ आइरहेको बा१६च ४७४० नम्बरको स्कारपियोले ठक्कर दिँदा अर्याल गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा उनलाई चिकित्सकले मृत घोषित...