वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई पुरस्कारका लागि आवेदन खुला

 वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्दै राष्ट्रिय उत्पादन र रोजगारी सिर्जनामा योगदान पुर्‍याएका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै “विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६” अनुसार योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो । मन्त्रालयले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न आग्रह गरेको छ । सूचना अनुसार कार्य...