काठमाडौँ । चुलिँदै गएको तरलता र कर्जा प्रवाह कमजोर बन्दै गएपछि वाणिज्य बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर फेरि घटाएका छन् । माघ १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको नयाँ ब्याजदर सूची अनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कमध्ये ११ बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । सात बैङ्कले ब्याजदर यथावत् राख्दा प्राइम कमर्सियल बैङ्कले भने ब्याजदर बढाएको छ । पुस महिनामा व्यक्तिगत मुद्दतो निक्षेपको औसत अधिकतम ब्याजदर ४.८३ प्रतिशत रहेकोमा माघमा घटेर ४.६८४५ प्रतिशतमा झरेको छ । यस अवधिमा औसतमा ०.१५ प्र...