काठमाण्डौ – फागुन २१ गतेको चुनावी तयारी र व्यवस्थापनमा जुटेको निर्वाचन आयोगलाई नेपाली कांग्रेसको आधिकारिकता विवाद छिटो टुंग्याउनुपर्ने दबाब बढेको छ । पार्टी विभाजनलगत्तै कांग्रेसका दुवै पक्ष आफू नै आधिकारिक भन्दै निर्वाचन आयोग पुगिसकेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापाले विवरण अद्यावधिक गर्न हिजो निर्वाचन आयोग पुगेर निवेदन दिनुभएको छ । यसअघि अस्ति बुधवार शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिले तत्कालीन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच व...