राजर्षिजनक विश्वविद्यालयले प्राध्यापन सेवा (शिक्षक) तथा प्रशासन सेवा (कर्मचारी) तर्फका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । विश्वविद्यालय सेवा आयोगले शुक्रबार सूचना जारी गर्दै सहप्राध्यापक, उपप्राध्यापक, शाखा अधिकृत, लेखा अधिकृत, प्राविधिक अधिकृत, सहायक र कार्यालय सहयोगीसमेतका पदमा आवेदन माग गरेको हो । योग्य नेपाली नागरिकले माघ ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ १४ गतेसम्म दरखास्त दिन सकिनेछ । दरखास्त विश्वविद्यालय सेवा आयोगको वेबस...