पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न पदका लागि दरखास्त आह्वान (सूचनासहित)

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्राविधिक र प्रशासन सेवातर्फका विभिन्न रिक्त पदहरूमा स्थायी पदपूर्तिका लागि आन्तरिक प्रतियोगिता तथा खुला एवं समावेशी विज्ञापनमार्फत दरखास्त आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रतिष्ठाने सहप्राध्यापक, सहायक प्राध्यापक, नर्सिङ सुपरभाइजर, अधिकृत, टेक्नोलोजिष्ट, नर्सिङ अधिकृत, स्टाफ नर्सलगायत पदहरूमा आवेदन माग गरेको हो । योग्य नेपाली नागरिकले माघ २२ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुरसहित माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ । लिखित परीक्षा लोक सेवा आयोगले ल...