नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स नवीकरण र पुनः नाम दर्ताका लागि निरन्तर नर्सिङ तथा मिडवाइफ शिक्षा र व्यावसायिक विकाससम्बन्धी तालिम अनिवार्य गरेको छ । परिषद्को निर्णय अनुसार परिषद्मा दर्ता भएका नर्स, मिडवाइफ र विशेषज्ञ नर्सले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा नियमित रूपमा ज्ञान र सीप अभिवृद्धि गरेको प्रमाण अद्यावधिक गरी राख्नुपर्नेछ । परिषद्ले यससम्बन्धी राष्ट्रिय मार्गदर्शन स्वीकृत गरिसकेको जनाएको छ । परिषद्का अनुसार अनिवार्य रूपमा प्रमाणित तालिम तथा व्यावसायिक रूपमा प्रमाणित तालिममार्फत हा...