काठमाण्डौ – फागुन २१ गते हुने चुनावमा निर्वाचन प्रहरी भर्नाका लागि मागअनुसार आवेदन नपरेपछि केही जिल्लामा भोलिसम्मको लागि म्याद थपिएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कम आवेदन परेकाले दुई दिन म्याद थपिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचन प्रहरीमा आवेदनका लागि हिजोसम्मको समय तोकेकोमा यसबीचमा झन्डै २ लाखको आवेदन परेको छ । धेरै जिल्लामा मागभन्दा धेरै आवेदन परे पनि भर्नासम्बन्धी मापदण्डमा नपरेर कतिपय आवेदक छनोट चरणबाटै बाहिरिन्छन् । नेपाल प्रहरीमार्फत १ लाख ३३ हजा...