लुम्बिनी प्रदेश सरकारले आज (शुक्रबार) प्रदेशमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले माघेसंक्रान्ति तथा थारू समुदायको माघी पर्वको अवसरमा आज बिदा दिएको हो । प्रदेश राजपत्रमा २०८१ चैत २१ गते सार्वजनिक सूचनाअनुसार माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा बिदा दिने निर्णय गरिएअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिए ।