लाखौँ भेनेजुएलालीहरू आफ्नो आर्थिक र राजनीतिक रूपमा ध्वस्त देशको भविष्य के हुन्छ भनेर पर्खिरहेका बेला, राष्ट्रको नियन्त्रण र अमेरिकी राष्ट्रपतिको समर्थनका लागि दुई महिला नेताहरूबीच लडाइँ शुरू भएको छ। एकातिर विपक्षी नेत्री र नोबेल पुरस्कार विजेता मारिया कोरिना माचाडो छिन्, जो पदच्युत गरिएका राष्ट्रपति निकोलस मादुरोको सामना गर्दै भेनेजुएलामा लोकतन्त्रका लागि आफ्नो दृढ सङ्घर्षका कारण चर्चामा आइन्। भेनेजुएलाको विवादित २०२४ को राष्ट्रपति निर्वाचनपछि उनी प्रायः लुकेर बसेकी छिन्। उक्त निर्वाचनमा सरकार-नियन्त्रित निर्वाचन अधिकारीहर...