अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि आवश्यक भएको दाबी गरेपछि युरोपेली नाटो सदस्य देशहरूले ग्रीनल्याण्डमा सीमित सैन्य उपस्थिति जनाएका छन् । फ्रान्स, जर्मनी, स्विडेन, नर्वे, फिनल्यान्ड, नेदरल्यान्ड्स र बेलायतका साना सैन्य टुकडीहरू डेनमार्कको नेतृत्वमा भइरहेको ‘अपरेशन आर्कटिक एन्ड्युरेन्स’ अन्तर्गत ग्रीनल्याण्डको राजधानी नुक पुगेका बीबीसीले जनाएको छ । फ्रान्सले प्रारम्भिक रूपमा १५ सैनिक पठाएको छ भने जर्मनीले १३ सैनिकसहितको ए–४०० एम विमान पठाएको जनाएको छ । फ्रान्सका राष्ट्रपत...