आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको अन्तिम तयारीमा व्यस्त नेपाली टोलीले शुक्रबार आफ्नो दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ । नेपाली टोलीले दोस्रो अभ्यास खेल अमेरिकासँग खेल्न लागेको हो । नेपाल र अमेरिकाबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजे शुरू हुनेछ । नेपाली टोली यसअघि खेलिएको आफ्नो पहिलो औपचारिक अभ्यास खेलमा निराशाजनक प्रदर्शन गर्दै आयरल्यान्डसँग ९९ रनको विशाल अन्तरले पराजित भएको थियो । तल्लो मुलपानी क्रिकेट मैदानमा खेलिएको उक्त खेलमा टस जितेरपहिले ब्याटिङको निर्णय लिएको आ...