नयाँ वर्षको अवसरमा टाटाको ‘बिग स्विच’अफर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष ‘न्यू इयर बिग स्विच’कार्यक्रम सार्वजनिक गरेको छ।  जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४ गते) सम्म सञ्चालन हुने चार दिने विशेष कार्यक्रममार्फत ग्राहकहरूले आफ्ना पुराना जुनसुकै गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘बिग स्विच’कार्यक्रमको मुख्य उद्देश्य ग्राहकलाई आफ्नो पुरानो गाडीको 'उत्...