युवा यमल र टोरेस चम्किएपछि बार्सिलोना सजिलै क्वार्टरफाइनलमा

बार्सिलोना विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगितामध्येको एक कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको साविक विजेतासमेत रहेको बार्सिलोनाले बिहीबार राति सम्पन्न प्रि–क्वार्टरफाइनल खेलमा रेसिङ स्यानटान्डरलाई २–० गोलले हरायो । बार्सिलोनाले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । निर्धारित समयको ६६औं मिनेटमा अनुभवी स्पेनिस खेलाडी फेरान टोरेसले पहिलो गोल गरे । दोस्रो हाफको अतिरिक्त समयको पाँचौं मिनेटमा स्पेनिस १८ वर्षीय युवा स्टार लामिन यमलले बार्सिलोनाका लागि दोस्रो गोल गरेका थिए ।...