आधिकारिता दाबी गर्दै कांग्रेसको संस्थापन पक्ष दलबलसहित निर्वाचन आयोगमा

नेपाली कांग्रेसको संस्थापन पक्ष पनि आधिकारिता दाबी गर्दै निर्वाचन आयोग पुगेको छ । शुक्रबार बिहान कार्यकर्तासहित नेताहरू आयोग पुगेका हुन् । कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरू विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरेलगायत नेताहरू आयोग पुगेका हुन् । नेता डा. शेखर कोइराला पनि आयोग पुगेका छन् ।  पार्टीले विशेष महाधिवेशन आह्वान नगरेको भन्दै गगन थापाको नेतृत्वमा बनाइएको कार्यसमिति अवैध भएको दाबीसहित संस्थापन पक्ष आयोग पुगेको हो ।  यसअघि विशेष महाधिवेशन पक्ष आधिकारिकता...