काठमाण्डाै – प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगले विधि र परम्पराअनुसार निर्णय गर्ने बताउनुभएको छ । निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुगेका कांग्रेस नेताहरूसँगको कुराकानीमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले राजनीतिक दलसम्बन्धी विषयमा आयोगको आफ्नो परम्परा, विधि, संविधान, ऐन र कानून रहेकाले त्यसैअनुसार निर्णय हुने बताउनुभयो । निर्वाचन आयोग विधि र पद्धतिभन्दा बाहिर नजाने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘आयोगको संस्थागत परम्प...