लोकतन्त्रमा व्यक्तिको कुरा चल्दैन, संस्थाले जे भन्यो त्यही आधिकारिक हुन्छ : शेखर कोइराला

२ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर  मात्रै गएको टिप्पणी गरेका छन् । निर्वाचन आयोगमा आधिकारितका दाबीका लागि पुगेका उनले यस्तो बताएका हुन् । उनले बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूसँग रहेको भन्दै उनले निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरूले बाध्य बनाएको बताए । […]