राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारसहितको टोली चढेको गाडी तोडफोड गरिएको छ । गोर्खाको भिमसेन गाउँपालिका-३ मा अज्ञात व्यक्तिहरूले गाडी तोडफोड गरेको परियारले जानकारी दिए । उनका अनुसार पार्टीको वडा सम्मेलनका लागि परियारसहितको टोली त्यहाँ पुगेको थियो । पार्किङका लागि राखेको ठाउँमा तोडफोड भएको परियारले जानकारी दिए । वा प्र ०२५ च ७०३० नम्बरको उक्त गाडी धनेश थापाको हो । गाडी तोडफोडबारे प्रहरीमा उजुरी गरिसकेको आफूहरू सबै सुरक्षित रहेको उनको भनाइ छ ।