काठमाण्डाै – नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आफूहरू नै आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको छ । आज कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोली आयोग पुगेर कागजात बुझाएको हो । गगन थापा पक्षले विशेष महाधिवेशन गरि थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकता विवाद आएको छ । देउवा र थापा पक्ष दुवैले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदनसमेत पेश गरेका छन् । निर्वाचन आयोगले ती निवेदनमाथि अध्ययन गरिरहेको जनाएको छ । तर नेपाली कांग्र...