महामन्त्री बनाउने शर्तमा नानीमैयाले अनसन तोडिन्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समानुपातिक सूची सच्याउन माग गर्दै आमरण अनसनमा रहेकी नेतृ नानीमैया आचार्यले अनसन तोडेकी छन् । उनलाई राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले जुस खुवाएर अनसन तोडाएका हुन् । समानुपातिकको बन्दसूचीमा महिला क्लस्टरतर्फ समावेश नाममा असहमति जनाउँदै नानीमैयाले गत शुक्रबार पार्टी कार्यालयमै आमरण अनसन शुरू गरेकी थिइन् । तर, आफूलाई महामन्त्री बनाउने शर्तमा उनले अनसन तोडेकी हुन् ।  यस क्रममा एउटा सम्झौतापत्रमा हस्ताक्षरसमेत गरिएको छ, जसमा राणासहित ५ जना शीर्ष नेताहरूले हस्ताक्षर गरेका छन्...