प्रधानमन्त्री कार्कीसँग नेपाल तामाङ घेदुङ प्रतिनिधिमण्डलको भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङ प्रतिनिधिमण्डलले भेट गरेको छ। आज बिहान भेटका क्रममा तामाङ समुदायको जनसंख्या, संस्कृति, आर्थिक, सामाजिक अवस्थालगायत विषयमा छलफल भएको थियो। घेदुङले आउँदो माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौंमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरेको छ। साथै घेदुङका पदाधिकारीहरूले तामाङ समुदायको जनसंख्या ३० लाखभन्दा बढी भए पनि ज...