कांग्रेसको चुनाव चिह्नलगायत विषयमा छलफल गर्न पदाधिकारीसहित गगन आयोग जाँदै

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहित पदाधिकारी चुनाव चिह्नलगायत विषयमा छलफल गर्न आज फेरि निर्वाचन आयोग जाने भएका छन् ।  आयोगले छलफलका लागि बोलाएपछि दिउँसो २ बजे जान लागेको नेता अजयबाबु सिवाकोटीले जानकारी दिए । आजै बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पदाधिकारी सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक भएको भन्दै आयोग पुगेका थिए । त्यसलगत्तै गगन पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि आयोगमा छलफल गर्न जान लागेका हुन् ।