अन्तिम अभ्यास खेलमा आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड्सको जित

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअघि खेलिएको अन्तिम चरणको अभ्यास खेलमा आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड्सले जित हात पारेका छन् । आयरल्यान्डले बलियो प्रतिद्वन्द्वी जिम्बाब्वेलाई चार विकेटले हरायो । अभ्यास खेलमा आयरल्यान्डको यो लगातार दोस्रो जित हो । यसअघि, आयरल्यान्डले नेपाललाई ९९ रनले हराएको थियो । जिम्बाब्वेको भने अभ्यास खेलमा यो लगातार दोस्रो हार हो । यसअघि, पहिलो अभ्यास खेलमा जिम्बाब्वेको टोली पपुवा न्यू गिनी (पीएनजी) सँग ११ रनले पराजित भएको थियो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ...