आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो अन्तिम औपचारिक अभ्यास खेलमा नेपाली टोलीले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपाल र अमेरिकाबीचको खेल दिउँसो १ बजे शुरू हुनेछ । औपचारिक अभ्यास खेलमा नेपाली टोली पहिलो जितको खोजीमा भने अमेरिका लगातार दोस्रो सफलता हात पार्ने धुनमा छ । नेपाली टोली यसअघि खेलिएको आफ्नो पहिलो औपचारिक अभ्यास खेलमा निराशाजनक प्रदर्शन गर्दै आयरल्यान्डसँग ९९ रनको व...