मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण शुरू

पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण शुरू भएको छ ।  राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण शुरू भएको हो ।  पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण शुरू भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।  आयोजनाका इन्जिनियर कल्पना मिश्रका अनुसार पुल ६२ मिटर लामो र ११ मिटर चौडा हुनेछ । डबल स्पानको पुल निर्माणका लागि सात करोड ५० लाख विनियोजन भएको छ ।  ...