नेपाल मेडिकल काउन्सिलको चुनाव अनलाइन भोटिङ मार्फत

२ माघ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आगामी निर्वाचन, परीक्षा सञ्चालन तथा अनुशासनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित केही निर्णयहरू गरेको छ । काउन्सिलले आगामी नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा मतदाता सहभागिता सहज, पारदर्शी र प्रभावकारी बनाउन अनलाइन प्रणाली अवलम्बन गर्ने निर्णय गरेको हो । यसले देशभरका चिकित्सकको सहभागिता बढाउने र निर्वाचन प्रक्रियामा प्रविधिको अधिकतम उपयोग हुने […]