नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उम्मेदवारी दिने चर्चा यतिबेला व्यापक बनेको छ । राजनीतिक वृत्तमा मात्र होइन, सामाजिक सञ्जालदेखि चिया पसलसम्म बालेन झापा क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा उत्रने चर्चा चलिरहेको छ । बालेनले झापा– ५ मा चुनाव प्रचारका लागि सचिवालय स्थापना गर्न उपयुक्त घर खोजिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेताहरू बताउँछन् । त्यसका लागि उनले रास्वपा झापाका नेताहरूलाई घरको फोटो र भिडियो पठाउन आग्रह गरे...