विशेष महाधिवेशनबाट नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेपछि उत्पन्न विवादको समाधान राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार गर्नुपर्ने जानकारहरूले बताएका छन् । निर्वाचन आयोगमा लामो समय काम गरेका एक पूर्व अधिकारीले यसपटकको कांग्रेस विवादको निरुपणका लागि आयोग परिच्छेद ९ मा प्रवेश गर्न नहुने बताए । ‘नेपाली कांग्रेसको विवाद अरू बेला अन्य राजनीतिक दल विभाजन हुँदाको जस्तो स्थिति होइन, यो विशेष महाधिवेशन गरेर आएको विवरण अद्यावधिक गर्ने मात्र हो,’ विगतमा राजनीतिक दल विभाजनसम्बन्धी विवाद निरूपण गरेका ती अधिक...