साफ पुरुष फुटसल च्याम्पियनशिप : श्रीलङ्कालाई हराउँदै नेपालको विजयी शुरुआत

काठमाण्डाै – साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले विजयी शुरुआत गरेको छ । थाइल्यान्डको हुआ मक इनडोर स्टेडियममा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई २–१ गोलले हरायो । जीतसँगै नेपालले ३ अङ्क जोडेको छ । यस्तै महिलातर्फ नेपालले पहिलो खेलमा श्रीलङ्कासँग २–२ गोलको बराबरी खेल्दा दोस्रो खेलमा माल्दिभ्सलाई ५–० गोलले हराएको थियो । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो । प्रतियोगितामा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, ...