विशेष महाधिवेशनको नाममा पार्टीको विधानविपरीत काठमाडौंमा भेला गरियो : पूर्णबहादुर खड्का

नेपाली कांग्रेसको संस्थापन पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका केही व्यक्तिहरूले विशेष महाधिवेशनको नाममा पार्टीको विधानविपरीत भेलाको आयोजना गरेका बताएका छन् । भेला बोलाएर निर्वाचन आयोगमा पुगेको आफूहरूले सञ्चार माध्यमबाट थाहा पाएपछि केन्द्रीय समिति निर्वाचन आयोगमा पुगेर ध्यानाकर्षण गराएको उनले बताए । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिको रहे पनि कार्यसमितिलाई थाहै नदिई विशेष महाधिवेशनको नाममा भेला बोलाइएको ब...