१ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनाव सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । काठमाण्डौ उपत्यकासहित देशभर निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । आउँदो फागुन २१ गते हुने चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन यही माघ ६ गते हुँदैछ । त्यसअघि नै १ सय ६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको आयोगले जनाएको छ । सम्बन्धित निर्वाचन क्षेत्रका लागि निर्वाचन कार्यालय खोलेर कर्मचारी व्यवस्थापन गरिएको आयोगका प्रवक्त...