काठमाण्डाै – सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारमा रहेको एसबीआई बैंकको शाखा कार्यालय लुटपाटमा घरधनीकै संलग्नता रहेको खुलेको छ । बैंकको रकम लुटेर फरार घरधनी छविलाल स्याङ्तानसहित सात जना पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेहरूमा छविलालसहित काभ्रेको बनेपाका भागवत सिंह, सिन्धुलीको घ्याङलेखका चतुरमान बज्यु, चितवनको भरतपुरका शशाङ्क श्रेष्ठ, नुवाकोटको पञ्चक...