भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक : गृहमन्त्री अर्याल

काठमाण्डाै – गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको बताउनुभएको छ । काठमाण्डौको नयाँ सडकमा रहेकाे भूगोल पार्कमा आज आयाेजित २८औँ भूकम्प स्मृति सभामा उहाँले विपद्को सामना गर्न अन्तरसरकार समन्वय बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री अर्यालले विपद् जोखिम घटाउन पालिका सरकारबाट भइरहेका प्रयासलाई संस्थागत गर्दै लैजानुपर्ने बताउनुभयो । कार्यक्रममा काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले समुदायको क्षमतालाई विपद् पूर्वतयारी, खोज उद्धार, पुनर्स्थापना र पुनर्लाभको औजा...