‘मार्शल ल’ लगाउने प्रयासमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई ५ वर्षको जेल सजाय

दक्षिण कोरियाली अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई ‘मार्शल ल’ लागू गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । सन् २०२४ को अन्त्यतिर पूर्वराष्ट्रपति युनले जारी गर्नुभएको आदेश तथा त्यससँग जोडिएका अन्य आरोपहरूमा दायर आठ वटा आपराधिक मुद्दामध्ये यो उहाँविरुद्धको पहिलो अदालत फैसला रहेको समाचार संस्था एपीले  जनाएको छ । ती मुद्दाहरूमा उहाँको कदमले देशको संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पारेको अभियोजन पक्षको दाबी रहेको छ । पूर्वराष्ट्रपति युन...