निर्वाचन आयोग परिसरमा गगन थापा नेतृत्व समूहको धर्ना

काठमाण्डाै – विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोग परिसरमा धर्ना दिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कांग्रेसका नेताहरूले आज आयोग अगाडि धर्ना दिएका हुन् । आयोग अगाडि नेताहरू पलेँटी कसेर धर्नामा बसेका छन् । आजै बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतले आफूहरू आधिकारिक भएको दाबीसहित आयोगमा निवेदन दिएका थिए । आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र आयोगको विगतक...