गगनपक्षीय नेपाली कांग्रेसका पदाधिकारी निर्वाचन आयोगमा

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा पक्षका पदाधिकारी चुनाव चिह्नलगायत विषयमा छलफल गर्न निर्वाचन आयोग पुगेका छन् । आयोगले छलफलका लागि बोलाएपछि नेताहरू आयोगमा पुगेका हुन् । आजै बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पदाधिकारी सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक भएको भन्दै आयोग पुगेका थिए । त्यसलगत्तै गगन पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि आयोगमा छलफलका लागि पुगेका हुन् ।