नेपाली कांग्रेसको संस्थापन पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले आफ्नो पक्षमा निर्णय नगरे देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् । पार्टी कार्यालय सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले विशेष महाधिवेशनका नाममा काठमाडौं भेला भएकाले आयोगले आफूहरूको पक्षमा निर्णय गर्ने विश्वास गरे । ‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा नै हुन्, म कार्यवाहक सभापति छु । राजनीतिक दलसम्बन्धी ऐन भन्दा तल, षडयन्त्रमा परेर यदि निर्वाचन आयोगले नेपाली कांग्रेसको विधानविपरीत निर्णय गर्&zwj...